Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग:

वर्षाका कारण २० जनाको मृत्यु

आश्विन २६,२०७४

-एजेन्सी

२६ आश्विन/हनोई-

 भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार पाँचजना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन् ।

भीषण वर्षाका कारण बाँधहरू भत्किएका, बाढीपहिरो गएको, हजारौं घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको समाचारमा जनाइएको छ । प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले वर्षाले गर्दा हजारौंको संख्यामा पक्षी पनि मरेको जानकारी दिएको छ ।

मृत्यु भएकामध्ये आठजना मध्य घेआन, पाँचजना उत्तरी सोन ला, चारजना उत्तरी होआ बिन्ह र तीनजना मध्य थान्ह होआ प्रान्तका रहेका छन् ।

त्यसैगरी हराउनेमा थान्ह होआ, सोन ला, होआ बिन्ह, मध्य क्वाङ त्रि प्रान्त र उत्तरी येन बाइ प्रान्तका रहेको जनाइएको छ । मंगलबार र बुधबार लामो समयसम्म भएको भीषण वर्षापछि आएको बाढीपहिरोले थान्ह होआ र होआ बिन्ह प्रान्तमा रहेका जलविद्युत् योजना पनि क्षतविक्षत भएका छन् ।