Trending :
 

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

फाल्गुण २४,२०७९

-आस्था न्यूज

फागुन २४, २०७९ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
 
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको छ ।
 
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति बैठकमा नेताहरूको धारणा लिने तयारी गरेका छन् ।
 
राष्ट्रपति निर्वाचनका लागि भोलि मतदान हुँदैछ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा ९एमाले०का नेता सुवास नेम्वाङ उमेदवार छन् ।