Trending :
 

सुन तोलामा एक हजार रुपैयाँ घट्यो

फाल्गुण २४,२०७९

-आस्था न्यूज

फागुन २४, २०७९ काठमाडौं । 
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । 
 
आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 
 
आज तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
 
त्यस्तै चाँदीको मूल्य आज ४० रुपैया घटेको छ । आज चाँदी तोलाको एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।