बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा
-आस्था न्यूज
फागुन २४, २०७९ काठमाडौं ।
बंगलादेशमा हुने साफ यू-१७ महिला च्याम्पियनसिपका लागि नेपाली यू-१७ राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
नेपाली टिमको मुख्य प्रशिक्षक भगवती रानामगरले च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरेकी हुन् । रानामगरकै प्रशिक्षणमा नेपाली यू-१५ महिला टिमले बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
साफले यूइएफए असिस्ट प्रोग्रामअन्तर्गत रहेर यू–१७ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । च्याम्पियनसिपमा दक्षिण एसियाका मुलुकबाहेक रुसको पनि सहभागिता रहने छ ।
च्याम्पियनसिप बंगलादेशमा २० मार्चदेखि ३० मार्चसम्म हुने तालिका छ ।
सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेलमा मार्च २० मा भारतविरुद्ध खेल्नेछ । यस्तै, दोस्रो खेलमा नेपालले मार्च २२ मा भुटानविरुद्ध खेल्नेछ । मार्च २६ मा नेपालले रूससँग र मार्च २८ बंगलादेशविरुद्ध च्याम्पियनसिपको अन्तिम खेल खेल्ने छ ।