Trending :
 

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बस्दै

फाल्गुण २७,२०७९

-आस्था न्यूज

फागुन २७, २०७९ काठमाडौं ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्ने तय भएको छ ।
 
बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
 
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।
 
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।