Trending :
 

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पार्टीको सदस्यता त्याग

फाल्गुण २८,२०७९

-आस्था न्यूज

फागुन २८, २०७९ काठमाडौं ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्याग्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
 
नेता पौडेलले आज आइतवार कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
 
नेपालको संविधानमा चुनाव, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए उसको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।