Trending :
 

राष्ट्रिय सभा बैठक चैत ८ गतेसम्म स्थगित

फाल्गुण २८,२०७९

-आस्था न्यूज

फागुन २८, २०७९ काठमाडौं ।
राष्ट्रिय सभा बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको छ। आइतबार राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत ८ गते बस्नेगरी निर्धारण गरिएको जानकारी दिएका छन्।
 
जारी सूचनामा भनिएको छ,‘फागुन २९ गते सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’