Trending :
 

विश्वकप लिग टु क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले हरायो

फाल्गुण २९,२०७९

-आस्था न्यूज

फागुन २९, २०७९ काठमाडौं । 
विश्वकप लिग टु क्रिकेटमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुरमा सोमबार भएको खेलमा पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य ७.४ ओभरमा पूरा गर्दै नेपालले जित निकालेको हो ।
 
ओपनिङमा गएका आशिफ शेखको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको हो । शेखले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका हुन् । त्यस्तै उनीसँगै ओपनिङमा गएका कुशल भुर्तेल १४ बलमा ३३ रन बनाई बाहिरिएका थिए । त्यस्तै कुशल मल्ल १३ बलमा १२ रनसहित अविजित रहे ।
 
खेलमा प्लेयर अफ द म्याच सन्दीप लामिछाने भएका छन् । लामिछानेले १० ओभरमा २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशी र कुशल मल्लले २/२ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।