चलचित्र नाईं न भन्नू ल ६ को ‘दिउँला माया’ बोलको गीत सार्वजनिक

फाल्गुण ३०,२०७९

-आस्था न्यूज

फागुन ३०, २०७९ काठमाडौं ।
निर्देशक विकाशराज आर्चायद्वारा निर्देशित चलचित्र ‘नाईं न भन्नू ल ६’ को पहिलो गीत सार्वजनिक भएको छ।
 
सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रको ‘दिउँला माया’ बोलको गीत सार्वजनिक गरिएको हो ।
 
गीतमा नव अभिनेता आशिर्वाद क्षेत्री र आँचल शर्मालाई फिचर्ड गरिएको छ । शरद शंकर र बेनिशा पौडेलको स्वर रहेको गीतमा निर्देशक आचार्यकै शब्द रहेको छ भने शरद शंकरले नै संगीत भरेका छन् ।
 
चलचित्रमा आँचल र आशिर्वादसँगै केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल र अथर्व उप्रेतीलगायतको अभिनय रहेको छ ।
 
अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रको कथा निर्देशक आचार्यसँगै सामिप्य तिमल्सेना, अरूणदेव जोशीले तयार पारेका हुन् ।
 
यो चलचित्र आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ ।