Trending :
 

अमेरिकी बैंकिङ क्षेत्र संकटले नेपाली बजारमा सुन महँगिदै

फाल्गुण ३०,२०७९

-आस्था न्यूज

फागुन ३०, २०७९ काठमाडौं ।
सुनको मूल्य ५ दिनमा करिब ५ हजार बढेको छ । फागुन २५ गते प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन ५ दिनमा ४ हजार ७ सय रुपैयाँले बढेर आज ९३० गते० १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज एकै दिन सुन १६ सय रुपैयाँले बढेको हो ।
 
अमेरिकाको बैंकिङ क्षेत्रमा केही खराबी देखिँदा लगानीकर्ताले सुनको माग बढाएपछि मूल्य बढेको जानकार बताउँछन् । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा समायोजन हुन्छ । अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएयता सुनको भाउ क्रमिक रुपमा उकालो लागेको छ । साथै आइतबारदेखि अर्को बैंक सिग्नेचर पनि बन्द भएको छ । अमेरिकी बैंकिङ क्षेत्रमा खराबी देखिँदा स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्यमा प्रभाव देखिएको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिकाको स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता सुनमा आकर्षित भएको र यसले मूल्य बढाएको बताए ।