शेयर बजारको ओरालो यात्रा कायमै, बुधबार १४.४४ अंकले घट्यो

चैत्र ०१,२०७९

-आस्था न्यूज

चैत १, २०७९ काठमाडौं ।
शेयर बजार घट्ने क्रम आज पनि रोकिएन । बुधबार नेप्से सूचक १४.४४ अंकले घटेको छ । नेप्से सूचक १९३८.६२ अंकमा रोकिएको छ । सूचक सँगै कारोबार रकममा पनि भारि गिरावट आएको हो । आज कारोबार खुलेको केहि समयमै बजार घट्न थालेको थियो । अधिकाम्स समय बजार गिरावट हुँदा कारोबार रकम एक अर्ब २० करोड रुपैयाँमा सिमित भएको छ ।
 
चैत महिना शेयर बजारका लागि खासै उल्लासमय रहदैन । चैत मसान्तमा तेस्रो त्रैमाशको किस्ता, व्याज र कर तिर्नु पर्ने भएकाले लगानीकर्ताको दवाव पर्ने गर्दछ । अवको केहि समय लगानीकर्ताले शेयर बिक्री गरेर व्याज र किस्ताको जोहो गर्नेछन् ।
 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका वित्तीय सूचक सबै सकारात्मक भए पनि यसको प्रभाव भने शेयर बजारमा देख्न सकिएको छैन । आज १४९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ५१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । व्यापारको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक तल झरेको छ ।
 
युनिक र शुभव सिमेन्टको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । सबैभन्दा धेरै एनआइसी एशियाको १० करोड ३५ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।