Trending :
 

ए डिभिजन लिग फुटबलमा एपीएफको दोस्रो जित

चैत्र ०१,२०७९

-आस्था न्यूज

चैत्र १, २०७९ काठमाडौं ।
एपीएफ क्लबले नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।
 
च्यासल मैदानमा बुधबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
 
एपीएफको जितमा मणि कुमार लामाले निर्णायक गोल गरे ।
 
खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । विपिन श्रेष्ठको क्रसमा अनमार्क रहेका मणिले वान टचमा गोल गरे ।
 
त्यसबाहेक दुबै टोलीले थुप्रै गोलको अवसर खेर फालेका थिए ।
 
खेलको १२ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको हेडर पोस्ट माथिबाट बाहिरिएको थियो ।
 
१४ औं मिनेटमा आर्मीका दिनेश हेन्जनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
 
खेलको २० औं मिनेटमा आर्मीका दिनेशको कर्नरमा आर्मीका विकास खवासले पेनाल्टी क्षेत्रभित्रबाट बाहिर प्रहार गरे।
 
२८ औं मिनेटमा आर्मीका कप्तान भरत खवासले बाहिर प्रहार गरे ।
 
खेलको २९ औं मिनेटमा आर्मीका दिनेशको क्रसमा एपीएफका गोलकिपर संजित श्रेष्ठले रोक्न नसेको बललाई सबिन थापाले क्लियर गर्दै खतरा टारे ।
 
खेलको ३८ औं मिनेटमा आर्मीका कप्तान भरतले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।
 
६३ औं मिनेटमा एपीएफका मणिको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो ।
 
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।
 
आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।