Trending :
 

जसपाले समानुपातिक सांसदबारे निर्णय गर्दै

चैत्र ०२,२०७९

-आस्था न्यूज

चैत २, २०७९ काठमाडौं । 
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
 
समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
 
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्नेछ । 
 
जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ । पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम छ । बैठकबाट सोही विषयमा निर्णय गरिने बस्नेतले जानकारी दिए ।