बिहीवार सुन तोलामा एक लाख छ हजार सात सय रपैयाँमा कारोबार

चैत्र ०२,२०७९

-आस्था न्यूज

चेत्र २, २०७९ काठमाडौं ।
सुनको भाउ आज बिहीवार तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो बुधवार स्थिर रहेको सुनको भाउ आज तोलामा एक लाख छ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
 
हिजो सुनको भाउ तोलामा एक लाख पाँच हजार सात सय रुपैयाँ थियो । यो हप्तामा मात्रै सुनको भाउ तीन हजार दुई सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ थियो ।
 
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी पाँच रुपैयाँले बढेर एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।