२०८० सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक, दशैमा ६ र तिहारमा ५ दिन बिदा

चैत्र ०३,२०७९

-आस्था न्यूज

चैत ३, २०७९ काठमाडौं । 
 
सरकारले २०८० सालमा हुने सार्वजनिक बिदाहरुको सूची निकालेको छ । सरकारले शनिबार तथा संघ सरकारले वर्षभरि दिने सार्वजनिक बिदाहरुको सूची निकालेको हो । 
 
सरकारले राजपत्रमा निकालेको सूचनामा चाडपर्व बिदाहरु पनि समावेश छ । आगामी वर्षको बडादसैँमा कात्तिक ४-९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६-३० गतेसम्म (५ दिन) बिदा दिने सरकारले सूचनामा उल्लेख गरेको छ