लोकतन्त्रमा हारजित स्वभाविक भएको एमाले अध्यक्ष ओलीको भनाई

चैत्र ०३,२०७९

-आस्था न्यूज

चैत ३, २०७९ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा हारजित स्वभाविक हुने बताउनुभएको छ ।
 
उपराष्ट्रपतिको निर्वाचनमा सहभागी भएर संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले नेपालमा साँठगाँठको सिस्टम अभ्यास भररहेको बताउनुभयो ।
 
उहाँले संघदेखि प्रदेशसम्म प्रतिपक्षमा पुगेपनि देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो । आगामी रणनीतिबारे अहिल्यै भन्न आवश्यक नभएको ओलीको टिप्पणी छ ।
 
अर्को प्रसंगमा अध्यक्ष ओलीले सत्ता गठबन्धनमा गडबडी भएको बताउनुभयो । उहाँले कांग्रेस महामन्त्री गगन थापाप्रति लक्षित गर्दै आफूहरु प्रतिपक्षमा रहेकाले कांग्रेस नेताहरुले अहिले नै भट्न सक्ने बताउनुभयो ।