चीनका राष्ट्रपति सी ले अर्को साता रुसको भ्रमण गर्ने

चैत्र ०३,२०७९

-आस्था न्यूज

चैत ३, २०७९ काठमाडौं ।
चीनका राष्ट्रपति सी चिनपिङले अर्को साता रुसको भ्रमण गर्ने त्यहाँको पररराष्ट्र मन्त्रालयले शुक्रवार घोषणा गरेको छ । 
 
मार्च २० देखि २२ सम्म सी रुसमा हुनेछन् । 
 
सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच गत सेप्टेम्बर महिनामा उज्बेकिस्तानको समरकन्दमा भेटघाट भएको थियो । 
 
मस्कोमा यी दुई नेताबीच द्विपक्षीय सहकार्यका विषयमा चर्चा हुने रुस सरकार क्रेमलिनले बयान जारी गरी जनाएको छ । महत्त्वपूर्ण द्विपक्षीय दस्तावेजमा हस्ताक्षर गरिने पनि उसले जनायो तर विस्तृत विवरण दिएन । 
 
रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि चीनले पुनः आह्वान गरेको छ । यसअघि फेब्रुअरी २४ मा चीनले १२ बुँदे शान्ति प्रस्ताव पनि सार्वजनिक गरेको थियो ।