मौसमः केही भू-भागमा हल्का वर्षा, दिउसोपछि देशभर बदली रहने

चैत्र ०४,२०७९

-आस्था न्यूज

चैत ४, २०७९ काठमाडौं ।
देशका केही भागमा आज बिहान वर्षा भइरहेको छ । देशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।  
  
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थान तथा तराई भू-थोरै स्थानमा मेघगर्जन, चट्याङ-हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  
 
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 
 
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।