इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलको पुनरागमन जित

चैत्र ०४,२०७९

-आस्था न्यूज

चैत ४, २०७९ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले पुनरागमन जित निकालेको छ ।
 
शुक्रबार राति भएको खेलमा न्युकासलले नटिङघम फरेस्टलाई २-१ गोल अन्तरले हराएको हो ।
 
न्युकासलले एक गोलको सुरुआती अग्रता उल्टाएर जित निकालेको हो । खेलको २६ औं मिनेटमा इमानुएल डेनिसले गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए ।
 
पहिलो हाफको इन्जुरी समयमा एलेक्सजान्डर इसाकले गोल गर्दै न्युकासललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा इसाकले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा न्युकासल २-१ ले विजयी भयो ।
 
जितसँगै न्युकासलले २६ खेलमा ४७ अंक जोडेको छ । न्युकासल पाँचौं स्थानमा रहेको छ । फरेस्ट २६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।