शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबमाथि आर्मीको पुनरागमन जित

चैत्र ०४,२०७९

-आस्था न्यूज

चैत ४, २०७९ काठमाडौं ।
शहीद स्मारक ए डिभिजन लिगमा शनिबार त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेण्ड्स क्लबमाथि पुनरागमन जित निकालेको छ । च्यासल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई २-१ गोलले पराजपत गर्दै सिजनको दोस्रो जित निकालेको हो ।
 
खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए । तर आर्मीले पुनरागमन गर्‍यो । २४ औं मिनेटमा जिलेस्पीजंग कार्कीले आर्मीका लागि बराबरी गोल फर्काए ।
 
खेलको इन्जुरी समयमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए । जितपछि ५ खेलमा ८ अंक जोडेको आर्मी चौथो स्थानमा उक्लेको छ । फ्रेन्ड्सले ५ खेलबाट ४ अंक जोडेको छ ।