सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड, प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँमा कारोबार

चैत्र ०५,२०७९

-आस्था न्यूज

चैत ५, २०७९ काठमाडौं ।
आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको छ ।
 
सुनको मूल्यलले हालसम्मकै उच्च रेकर्ड कायम गरेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
 
‘आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ तोकिएको छ,’ महासचिव बज्राचार्यले भने,’यो हालसम्मकै उच्च मूल्य हो ।’
 
शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो ।
 
आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको भाउ बढेको हो ।
 
यसअघि माघ १९ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।