Trending :
 

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने

चैत्र ०५,२०७९

-आस्था न्यूज

चैत ५, २०७९ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । आइतबार बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको पार्टी सचेतक सन्तोष परियारले बताए । 
 
प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले र राप्रपा र नेमकिपा बाहेक सबै दलले विश्वासको मत दिने योजना बनाएका छन् ।