काजु खाँदा यस्ता हुनेछन फाइदा

चैत्र ०७,२०७९

-आस्था न्यूज

चैत ७, २०७९ काठमाडौं ।
ड्राइ फुडको राजा मानिने काजु महंगो भए पनि फाइदा धेरै छन्।
 
दैनिक रुपमा दुई वा ३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै फाइदा हुन्छ। काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियमलगायत पोषक तत्त्व पाइन्छ। यसले हाम्रो शरीरमा धेरै फाइदा पुर्याउनका साथै हड्डी र दाँत पनि बलियो बनाउन मद्दत गर्छ। यसमा धेरै क्यालोरी पाइने हुनाले दिनमा ५ देखि १० वटा भन्दा बढी खानु हुँदैन।
 
 
काजुलाई बहुउपयोगी मानिन्छ। 
 
दिमाग तेजिलो
काजुले दिमाग तेजिलो बनाउन मद्दत गर्दछ। काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ। यसले दिमाग तेजिलो बनाउँछ।
 
हड्डी र दाँत बलियो
दैनिक काजुको सेवनले हाम्रो शरीरका हाड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्छ।
 
गर्भवतीलाई फाइदा
गर्भवतीको लागि काजु बरदान जस्तै मानिन्छ। यसले सुत्केरी आमा र बच्चा दुवैलाई एकदमै फाइदा पुर्याउछ।
 
आँखा तेजिलो
काजुमा पाइने जीथाई रसायनले आँखालाई स्वस्थ र तेजिलो बनाउने गर्छ।
 
छालामा चमकता ल्याउछ
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ। त्यसले काजु खाँदा अनुहार चम्किलो हुन्छ। काजुलाई दूधमा मिसाएर लेप बनाएर लगाउने र अनुहारमा मसाज गर्नाले पनि अनुहार अझ बढी चम्किलो र सुन्दर देखिन्छ।
 
सेक्स क्षमतामा वृद्धि 
नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ। साथै काजुको सेवनले कब्जियतबाट पनि छुटकारा दिन्छ।
 
थकान मेटाउछ
काजु जुनसुकै उमेरका मानिसले खाँदा पनि कुनै असर पुग्दैन। यसको सेवनले थकान मेटाउन सहयोग पुर्याउँछ।
 
उच्च रक्तचाप नियन्त्रण 
काजुमा सोडियमको मात्रा पाइने हुनाले उच्चरक्तचाप भएका ब्यक्तिले खाँदा अधिक लाभ मिल्छ।
 
साथै काजुले कुनै साइड इफेक्ट गर्दैन। यो जुनै उमेर समूहले खाँदा पनि निकै लाभदायक छ। काजुले मुटु बलियो बनाउनुको साथै डर लाग्ने जस्ता रोगको पनि नियन्त्रण हुन्छ। काजुको सेवनले कपाल चमकदार बनाउन मद्दत पुर्याउछ। यसले कोलेस्टेरोल घटाउन समेत सहयोग पुर्याउँछ।