सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

चैत्र ०७,२०७९

-आस्था न्यूज

चैत ७, २०७९ काठमाडौं ।
मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।
 
सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय ।
 
चाँदीको मूल्य १३ सय ३० रुपैयाँ कायम भएको थियो ।