Trending :
 

राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्न सक्ने बनाउनुपर्नेमा राष्ट्रपतिको जोड

चैत्र ०७,२०७९

-आस्था न्यूज

चैत ७, २०७९ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।
 
राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिन राष्ट्रपति भवन शीतलनिवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
 
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।