Trending :
 

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने

चैत्र ०८,२०७९

-आस्था न्यूज

चैत्र ८, २०७९ काठमाडौं ।
बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक चैत १० गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।
 
बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विश्वासको मत लिने तयारी गरेका थिए ।
 
तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।