Trending :
 

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहबीच भेटवार्ता

चैत्र ०८,२०७९

-आस्था न्यूज

चैत्र ८, २०७९ काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूबीच बुधबार झापामा भेटवार्ता भएको छ।
 
केही समयदेखि झापामै रहेका पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी दमक पुगेका थिए।
 
राप्रपाका नेताहरूसँग पूर्वराजा शाहले दमकमा झन्डै २ घन्टा कुराकानी गरेका हुन्। भेटमा सहभागी राप्रपाका एक नेताका अनुसार पूर्वराजा शाहले पछिल्लो समय राष्ट्रिय राजनीतिमा विकसित भएका राजनीति घटनाक्रम, बदलिँदो भूराजनीति र देशभित्र देखा परेका अन्य समसामयिक विषयबारे छलफल गरेको बताइएको छ ।