Trending :
 

मानहानीको मुद्दामा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

चैत्र ०९,२०७९

-आस्था न्यूज

चेत ९, २०७९ काठमाडौं ।
भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले २ वर्षको जेल सजाय सुनाइएको छ ।
 
गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको हो । तर गान्धी जेल भने जाने छैनन् । किनकी जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ ।
 
सन् २०१९ मा नै गान्धीलाई आपराधिक मानहानी मुद्दामा दोषी ठहर गरिएको थियो । त्यस बेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।