Trending :
 

सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने लोसपाको माग

चैत्र ०९,२०७९

-आस्था न्यूज

चेत ९, २०७९ काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ।
 
आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकपछि नेता शरदसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराइनुपर्ने बताए।
 
उनले निर्वाचनअघिकै गठबन्धन ब्युँतिएकोले लोसपा पनि सरकारमा सहभागी हुने र सम्मानजनक सहभागिता गराइनुपर्ने बताए।
 
‘हाम्रो पार्टी पनि सरकारमा सहभागी हुन्छ। गठबन्धन ५ वर्ष टिक्छ,’ उनले भने। उनले जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बताए।
 
लोसपाले बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनबारे पनि छलफल गरेको छ। पार्टीको आधार क्षेत्र मधेश भएकोले त्यहाँ उम्मेदवारी दिने विषयमा पनि कुराकानी भएको उनको भनाइ छ।