यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

चैत्र १०,२०७९

-आस्था न्यूज

चैत १०, २०७९ काठमाडौं ।
 
नेपाल राष्ट्र बैंकले आज चैत १० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३४ पैसा र बिक्री दर १६२ रुपैयाँ ०८ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।