Trending :
 

माओवादीले एमाले नेतृत्वको गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने

चैत्र १०,२०७९

-आस्था न्यूज

चैत १०, २०७९ काठमाडौं ।
नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ ।
 
सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
 
सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए ।