Trending :
 

राष्ट्रिय जनगणना २०७८ को नतिजा

नेपालमा महिलाको साक्षरता दर ६९.४ र पुरुषको साक्षरता दर ८३.६ प्रतिशत

चैत्र १०,२०७९

-आस्था न्यूज

चैत १०, २०७९  काठमाडौ ।
नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । जसमध्ये पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत रहेको छ ।
 
महिलाको साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम रहेको हो ।
 
केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको उल्लेख छ ।
 
२०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।