Trending :
 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

चैत्र ११,२०७९

-आस्था न्यूज

चैत ११, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज चैत ११ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा पुगेको छ।
 
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।