Trending :
 

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दीले जित्यो

चैत्र ११,२०७९

-आस्था न्यूज

चैत ११, २०७९ काठमाडौं। 
२२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
 
बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९-८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो ।
 
उपाधिसंगै मनाङ सुदूर पश्चिमले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने  उपविजेता मनाङ सुदूर पश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ ।
 
२०३३ सालदेखि सुरू भएको तिलोत्तमा गोल्डकपको उपाधि मनाङले पहिलोपटक जितेको हो । निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा गएको हो ।
 
सुदूर पश्चिमका फागुराम थारुको प्रहार विपक्षी गोलरक्षक जियानाथ शेखले रोके भने दीपेन्द्र मलासीको प्रहार पोस्ट बाहिर गएपछि मनाङको जित निश्चित भएको थियो ।
 
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, उत्कृष्ट अग्रपंक्तिका खेलाडी,  गोलरक्षक, मध्यपंक्तिका खेलाडी, रक्षापंक्तिका खेलाडी र प्रशिक्षकले जनही ३० हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् ।