Trending :
 

अमेरिकामा आँधीबाट २३ जनाको मृत्यु, दर्जनौ घाइते

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं ।
अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । आँधीबाट दर्जनौ घाइते भएको र चारजना बेपत्ता भएको बताइएको छ।
 
मिसिसिपी आपतकालीन व्यवस्थापन एजेन्सीले पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको बताएको छ । आँधी आएपछि खोज तथा उद्धार कार्य भइरहेको छ ।
 
आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
 
आँधीबेहरीले राज्यभरका समुदायलाई क्षति पुर्‍याएको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।  
 
प्रसारक एबीसीका अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर ९७० माइल० उत्तरमा रहेको शार्की र हम्फ्रेस काउन्टीहरूमा खोजी र उद्धार कार्यहरू भइरहेको अलजजिराले जनाएको छ ।