कति छ आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ?

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
 
अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ । 
 
युरो १ को खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ ।
 
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ । 
 
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।