इन्जिनियर व्यवसायी दर्ताका लागि पहिलो पटक लाइसेन्स परीक्षा लिन सुरु

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन सुरू गरेको छ ।
 
आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरू गरेको हो ।
 
काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी छन् ।
 
नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरू गरेको बताए ।
 
उनले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताए । उनले इन्जिनियरको रुपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्ने बताए ।
 
सदस्यसचिव गिरीले परीक्षामा उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपाल भर इन्जिनियरका रुपमा काम गर्न नपाउने बताए । उनले विगतमा जसले इन्जिनियरको प्रमाणपत्र पाउनेहरुले पुनः काउन्सिलले लिने परीक्षा दिनु नपर्ने बताए ।