जुम्लामा आजबाट ९ दिनसम्म राष्ट्रिय धान दिवस मनाइँदै

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
देशभर असार १५ मा मनाइन्छ धान दिवस । तर जुम्लामा आज राष्ट्रिय धान दिवस मनाइँदै छ ।  जुम्लामा प्रत्येक वर्ष चैत्र १२-२० गतेसम्म धान दिवस मनाउने चलन छ ।  सोहीअनुसार जिल्लामा आजबाट ९ दिनसम्म राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । आज जुम्लामा सार्वजनिक बिदा समेत दिइएको छ ।
 
दुर्लभ जुम्ली मार्सी धान संसारमै सबैभन्दा बढी उचाइ अर्थात् समुद्र सतहबाट करिब २७ सय ९० मिटर उचाइमा उत्पादन हुने धानको चिनारी बोकेको छ । वि.स.१०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको बीउ राखेका थिए । बीउको परीक्षणपछि १११२ सालदेखि जुम्लामा काली मार्सी धान खेती गर्न सुरु गरेको बुझिन्छ । 
 
त्यो बेला जुम्लाको सबैभन्दा उच्च स्थान लाछु, छुमचौर र हाकुमा मार्सी धान उत्पादन गर्न थालिएको थियो । माइनस ४ डिग्री सेल्सियस तापक्रमसम्म उमार शक्ति भएको यो मार्सी धान ज्यापोनिका प्रजातिको स्थानीय रैथाने जातभित्र पर्दछ । 
 
कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सीको संरक्षण उत्पादन वृद्धिसँगै बजारीकरणका लागि प्रदेश सरकार  प्रतिबद्ध रहेको बताए ।