पैदल हिँडेरै मिटर ब्याज पीडित काठमाडौं आइपुगे

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् ।
 
चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् ।
 
मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास(काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् ।
 
तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।
 
बालबच्चा बोकेका महिलाहरुसमेत पैदल मार्चमा सहभागी छन् ।