Trending :
 

सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सडक दुर्घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।
 
आजको प्रतिनिधिसभा बैठकमा उनले राज्यले पहुँचवालाका नाममा उपचारका लागि करोडौँ खर्च दिने गरेको तर दूरदराजका बिरामीले उपचारको लागि घरबार बेच्दा पनि उपचार हुन नसक्ने अवस्था रहेको बताए । 
 
हस्पिटलमा डिपोजिट गनुपर्ने व्यवस्थाले दूरदराजका नागरिकले उपचार गर्न नसकेको बताए ।
 
खतिवडाले निःशुल्क नागरिकको शिक्षा, स्वास्थ्य उपचारको सहज रुपमा व्यवस्था गर्न पनि आग्रह गरे ।