Trending :
 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउनुपर्ने सांसद देवकोटाको भनाई

चैत्र १२,२०७९

-आस्था न्यूज

चैत १२, २०७९ काठमाडौं।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्। 
 
आइतबारको राष्ट्रिय सभाको बैठकमा उनले सरकारसँग यस्तो आग्रह गरेका हुन्।
 
उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा निर्माणधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधान अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गरे।
 
उनले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए। 
 
सांसद देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको पनि बताए। उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौँ सरकारी विद्यालयहरु ध्वस्त भएको बताए। उनले उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको बताए।
 
उनले निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदा समेत सरकार मौन रहेको भन्दै आपत्ति जनाए।