शेयर कारोबारमा सुधार

चैत्र १३,२०७९

-आस्था न्यूज

चैत १३, २०७९ काठमाडौं ।
लामो समयपछि शेयर बजार आज सोमवार बढेको छ । दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ विन्दुमा पुगेको हो ।
 
आज लघुवित्त समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार दिउँसो साढे २ बजेदेखि बढ्न थालेको थियो ।
 
आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो  ।
 
आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।