Trending :
 

देश सोचे भन्दा फरक रहेको पर्यटन मन्त्री किराँतीको भनाई

चैत्र १३,२०७९

-आस्था न्यूज

चैत १३, २०७९ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ ।
 
सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
 
उहाँले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताउनुभयो । उहाँले १० वर्ष सांस्द भइसक्दा आफूले देशको बारेमा सबैकुार बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताउनुभयो ।
 
मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताउनुभयो । उहाँले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताउनुभयो ।