दुई लघुबीमा कम्पनीले पुर्‍याए चुक्ता पुँजी,अन्य कम्पनी पनि पुँजी जुटाउदै

चैत्र १३,२०७९

-आस्था न्यूज

चैत १३, २०७९ काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले गत फागुन ९ मा सात लघुबीमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउन निर्देशन दिएकोमा हालसम्म दुई कम्पनीले चुक्ता पुँजी पुर्याएका छन्। 
 
प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी पुर्याएका हुन्। 
 
अन्य कम्पनीले पनि पुँजी जुटाउन थालेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।