Trending :
 

प्रतिनिधिसभाको बैठक बस्दै

चैत्र १५,२०७९

-आस्था न्यूज

चैत १५, २०७९ काठमाडौं । 
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 
 
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 
 
संसद् सचिवालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।