युरोकप छनोटमा स्पेनमाथि स्कटल्याण्डको सानदार जित

चैत्र १५,२०७९

-आस्था न्यूज

चैत १५, २०७९ काठमाडौं । 
युरोकप छनोटमा स्कटल्याण्डले स्पेनमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा स्कटल्याण्डले स्पेनलाई २-० गोल अन्तरले हराएको हो ।
 
स्कटल्याण्डको जितमा स्कट म्याकटोमिनेले दुई गोल गरे । खेलको सातौं मिनेटमा स्कटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
 
त्यसपछि खेलको ५१ औं मिनेटमा स्कटले व्यक्तिगत दोस्रो गोल गर्दै स्कटल्याण्डलाई २-० को जित दिलाए ।
 
स्कटल्याण्डले ३९ वर्षपछि स्पेनलाई हराएको हो । छनोटमा स्कटल्याण्डको यो लगातार दोस्रो जित हो ।
 
जितपछि स्कटल्याण्डले २ खेलमा ६ अंक जोडेको छ । स्कटल्याण्ड समूह ए को शीर्ष स्थानमा रहेको छ ।
 
स्पेन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।