Trending :
 

मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन फेरि बैठक बस्ने

चैत्र १५,२०७९

-आस्था न्यूज

चैत १५, २०७९ काठमाडौं ।
सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन ।
 
मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न आज बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
 
मंगलबार बेलुकी दुई घण्टा बसेको बैठक निष्कर्षविहीन भएपछि आज बिहानलाई बोलाइएको थियो । आजको बैठकमा पनि सहमति नजुटेपछि दिउँसो ३ बजे फेरि बैठक बस्नेगरी सकिएको छ ।
 
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा मन्त्रालय भागबन्डासहित सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा छलफल भएको एक नेताले बताएका छन् ।
 
बिहानको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमबारे दलहरुले अध्ययन सुझाव राखेका छन् ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्र मन्त्रीपरिषद् बिस्तार गर्ने भने पनि गठबन्धनका दलहरुले हैसियतभन्दा बढी मन्त्री मागेपछि सरकारले पूर्णता पाउन सकेको छैन । अबको एक(दुई दिनमा मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ।