मन्त्रिपरिषद्का कारण संसद्को गरिमामाथि प्रश्न उठेको भन्दै रुलिङको माग
-आस्था न्यूज
चैत १५, २०७९ काठमाडौं ।
नेकपा (एमाले)ले प्रधानमन्त्री र मन्त्रिपरिषद्का कारण संसद्को गरिमामाथि प्रश्न उठेको भन्दै रुलिङको माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्तले संसदको सम्भावित कार्यसूची मन्त्रीको व्यस्थताले परिवर्तन गरिएको भन्दै आक्रोश व्यक्त गरे ।
“सरकारका मन्त्री र प्रधानमन्त्रीले संसद्लाई कति महत्त्व दिएका छन् ? संसद्को गरिमा बढाउन कति काम गरेको छन् रु गरेका छैनन् भनेर प्रश्न उठ्ने देखिन्छ,” उनले भने ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुमाथि संसदीय मर्यादा बढाउन चासो नदेखिएको पनि आरोप लगाए ।
“प्रधानमन्त्री नेकपा माओवादीका हुनुहुन्छ । माओवादीको दस्तावेज पढ्दा कही पनि संसदीय व्यवस्था स्वीकार्नुभएको छैन । त्यो नस्वीकारेका कारण नै संसद्को मर्यादा बढाउन उहाँको चासो नगएको त होइन भन्दै पन्तले पश्न उठाए ।
उनले एमालेलाई नगरेको गल्तीको अपजस नदिन भन्दै सभामुखसँग रुलिङको माग गरेका हुन्।