शेयर बजार सामान्य बढे पनि कारोबार रकममा कमी

चैत्र १५,२०७९

-आस्था न्यूज

चैत १५, २०७९ काठमाडौं ।
हिजो र अस्ति र दोहोरो अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव शून्य दुई अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४३ विन्दुमा पुगेको छ ।
 
आज माइक्रोफाइनान्स, होटल र अन्य समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ५८ वटा कम्पनीका २५ लाख ३९ हजार कित्ता शेयर ८१ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
 
आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै खप्तड लघुवित्त कम्पनीको शेयर झन्डै साढे चार प्रतिशतले घटेको  छ ।