Trending :
 

मन्त्रालय भागवण्डा लगभग टुंगियो, भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने

चैत्र १५,२०७९

-आस्था न्यूज

चैत १५, २०७९ काठमाडौं ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् ।
 
बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सबै पार्टीले आ-आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिएपछि मन्त्रीहरुको शपथ हुने उनले बताए ।
 
उनका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । कुन दललाई कति भन्ने चाहिँ उनले खुलाएनन् ।